Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

शौर्य सिमेन्ट इण्डष्ट्रिजको साधारण सभा पुस १२ गते , आईपीओ निष्कासन गर्ने

शौर्य सिमेन्ट इण्डष्ट्रिजको साधारण सभा पुस १२ गते , आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १२ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने जनाएको छ । 

    सभाले आर्थिक वर्ष २०८०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    त्यस्तै सभाले बैंक ऋण र चन्दा उपहार अनुमोदन गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने विशेष प्रस्ताव  पनि पारित गर्नेछ । 

    यस कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष २०८० पुस १२ गते आवेदन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij