
काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ६.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ नगदमा खर्च गर्नेछ ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij