Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

सेन्चुरी इनर्जी लिमिटेडको ८.५ प्रतिशत नगद लाभांश घोषणा

सेन्चुरी इनर्जी लिमिटेडको ८.५ प्रतिशत नगद लाभांश घोषणा

  •  

    काठमाडौं । आइपीओ निष्कासन तयारीमा रहेको सेन्चुरी इनर्जी लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा हुने स्थान र समय भने सूचनामा उल्लेख गरिएको छैन । सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश ९कर सहित० प्रस्ताव पेश गर्नेछ ।

     आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सेन्चुरी इनर्जीले प्रतिकित्ता २७५.११ रुपैयाँमा ३ लाख कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

    यसले प्रिमियममा आइपीओ बिक्रीका लागि स्वीकृति मागेको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij