Logo

Sep 03 2025 | २०८२, भदौ १८गते

Sep 03 2025 | २०८२, भदौ १८गते

images

प्रहरीले बुझायो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन,१ अर्ब १९ करोड ४९ लाख २१ हजार २७०  रुपैयाँ बिगो मागदाबी लिन सुझाब

प्रहरीले बुझायो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन,१ अर्ब १९ करोड ४९ लाख २१ हजार २७०  रुपैयाँ बिगो मागदाबी लिन सुझाब

  • काठमाडौँ । प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । ४४ जनालाई प्रतिवादी कायम गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको छ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले सुझाब दिएको छ । प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७०  रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई सुझाब दिएको छ । कार्तिक २१ मा स्वर्णलक्ष्मीका लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उप(समिति सदस्य कमल लामा पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीहरू मध्ये ५ जना थुनामा छन् । रवि लामिछाने र पूर्व डीआईजी जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् । अन्य प्रतिवादीहरूलाई प्रहरीले फरार सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij