Logo

Mar 27 2025 | २०८१, चैत १४गते

Mar 27 2025 | २०८१, चैत १४गते

images

सामसङले नेपाल बजारमा दुई मोडेलका  एआई वासिङ मेसिनहरू ल्यायो

सामसङले नेपाल बजारमा दुई मोडेलका  एआई वासिङ मेसिनहरू ल्यायो

  • काठमाडौँ । सामसुङ नेपालले ग्राहकहरूका लागि नेपाली बजारमा प्रवेश गरेको १२ केजी क्षमता भएको ऊर्जा बचत गर्ने , कपडा सुरक्षित राख्ने एआई वासिङ मेसिन लिएर आएको छ । को नयाँ परिचय घोषणा गरेको छ । स्मार्टथिङ्ग्स एपद्वारा स्मार्टफोनको प्रयोग गरी टाढाबाट नियन्त्रण गर्न सकिने सामसङले ल्याएको यो नयाँ मेसिनबाट लुगा धुन सजिलो बनाएको जनाएको हो । एआईको सुविधाले लुगा धुन सजिलो हुने जनाउँदै सामसङले यो स्पेसम्याक्स टेक्नोलोजी जडित भएकोले घरमा सजिलै फिट हुन पनि जनाएको छ ।यसको इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई वृद्धि गरी गहिराइलाई ६०० एमएम राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गरेको जनाइएको छ । 

    samsung1.jpg

    यो नयाँ वासिङ मेसिनले स्लिक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाईलाई प्राथमिकता दिन्छ । क्षमता दिगोपन र अनुभवमा केन्द्रित भएर यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको सामसङले विज्ञप्ति जारी गरी जनाएको छ ।१२ केजी लाइन अप दुईटा फरक  मोडलहरूमा उपलब्ध छ । डायल कन्ट्रोल भएको वाईवाईवानटुडीजीबीफाइभट्वेन्टीफोरएक्सिम र एलईडी डिस्प्ले भएको वाईवाईवानटुडीजीबीफाइभट्वेन्टीफोरएक्सिम दुवै  मोडलहरूको मूल्य क्रमशः १ लाख  १४ हजार ९सय ९०  र १ लाख २० हजार ९सय ९० रहेको जनाइएको छ । यस वासिङ मेसिनलाई कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक  हिम इलेक्ट्रोनिक्स प्रालि र आधिकारिक पुनबिक्रेता  त्रिवेणी व्यापार  प्रालिका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्यभर उपलब्ध गराइएको सामसङले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij