Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड’बारे माघ मसान्तसम्म राय सुझाव माग

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड’बारे माघ मसान्तसम्म राय सुझाव माग

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको  कारोबार गर्ने सहकारी संस्थाका लागि राय सुझाव दिन सरोकारावालाहरूलाई आग्रह गरेको छ ।बैंकले एक सूचना जारी गरी वेबसाइटमा राखिएको मस्यौदा हेरी त्यसमा आवश्यक राय सुझाव माग गरेको हो ।

    बैंकले सार्वजनिक गरेको सूचनामा सहकारी ऐन २०७४को दफा ३ बमोजिम स्थापना भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित गर्न राय सुझाव माग गरेको हो ।

    बैकले जनाएको सूचनामा भनिएको छ ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक ऐन २०५८को दफा ५(१)को खण्ड (च१) र सहकारी ऐन २०७४को दफा १५१को उपदफा (१क)ले दिएको अधिकार प्रयोग गरी तयार पारिएको ‘ बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड’को मस्यौदा यस बैंकको वेबसाइट राखिएको व्यहोरा अनुरोध छ । संलग्न मस्यौदामा तहाँको राय सुझाव २०८१ माघ मसान्तसम्म यस बैंकमा लिखित रुपमा अथवा इमेल मार्फत उपलब्ध गराई दिन हुन अनुरोध छ ।’
    यस्तो छ मस्यौदा 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij