Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

समाजसेवामा उल्लेखनीय योगदान गरेको मारवाडी सेवा समितिले मनायो ७२औं स्थापना दिवस,स्थापना दिवसमा जेष्ठ सदस्यहरूलाई गरियो सम्मान

समाजसेवामा उल्लेखनीय योगदान गरेको मारवाडी सेवा समितिले मनायो ७२औं स्थापना दिवस,स्थापना दिवसमा जेष्ठ सदस्यहरूलाई गरियो सम्मान

  • काठमाडौं । मारवाडी सेवा समितिले  ७२औं स्थापना दिवस मनाएको छ। समितिले काठमाडौंमा रहेको आफ्नै भवनमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो।लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा मनाइएको स्थापना दिवसमा जेष्ठ सदस्यहरूलाई सम्मानसमेत गरिएको छ। सम्मान हुनेहरूमा ९७ वर्षकी मोहिनी देवी चितलांगीया, ९१ वर्षकी कमला देवी मारवाडी, ८८ वर्षकी चम्पादेवी शर्मा, ८७ वर्षकी गीता देवी खेतावत र ८६ वर्षकी गीता देवी शर्मा छन्। यस्तै जेष्ठ सदस्य पुरुषहरूमा नरिसिंह दाश गोयल, ८५ वर्षका मारवाडी सेवा समिति नेपालका सल्लाहकार रामअवतार अग्रवाल, ८५ वर्षका मदनलाल अग्रवाल, ८५ वर्षका श्री हुकमचन्द दुगड र ८४ वर्षका बाबुलाल संघई रहेको समितिका महासचिव धर्मेन्द्र अग्रवालद्धारा जारी  विज्ञप्तिमा  उल्लेख गरिएको छ 

    marbadi 2.jpg
    मारवाडी सेवा समिति नेपालले ७२ वर्षदेखि सामाजिक सेवाका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। संस्थाका अध्यक्ष प्रमोद कुमार अग्रवालका अनुसार समितिले पशुपति गौशाला धर्मशालामार्फत गाई संरक्षण, तीर्थयात्रीलाई सेवा, निःशुल्क कृत्रिम खुट्टा वितरण, डाइलाइसिस सेवा, भोजन तथा शव वाहन सुविधा प्रदान गर्दै आएको छ। साथै, विपद्‌को बेलामा नेपाल सरकार र स्थानीय निकायहरूसँग सहकार्य गरी राहत, औषधि तथा खाद्यान्न वितरण गर्दै आएको छ।
    ‘१९९० को महाभूकम्पदेखि २०७२ को भूकम्प र हालैको जाजरकोट भूकम्प तथा बाढी पहिरोसम्म मारवाडी समुदायले सक्रिय रूपमा राहत तथा उद्धार कार्य गर्दै आएको अग्रवालले बताए ।  
    कार्यक्रममा प्रमुख अतिथि मन्त्री आदेश कुमार अग्रवालले नेपालका पहिलो क्याटरिङ व्यवसायी तथा २०११ सालको संसद् सल्लाहकार स्व। बी।एल। शर्मा, समिति सञ्चालन गरिएको एम्बुलेन्स सेवाका लागि दाता स्व। पुष्करलाल संघई र बोटलर्स नेपालका संस्थापक तथा समिति सचिव स्व। विजय कुमार धारिवाललाई मरणोपरान्त सम्मान गरे। 
    कार्यक्रममा पूर्व अध्यक्षहरू चिरंजीलाल अग्रवाल र राजेन्द्र कुमार खेतानले पनि संस्थाको योगदानबारे चर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij