Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

नेपालमा ६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिटेन्स, विप्रेषण आप्रवाहमा ४.१ प्रतिशतको वृद्धि

नेपालमा ६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिटेन्स, विप्रेषण आप्रवाहमा ४.१ प्रतिशतको वृद्धि

  • काठमाडौँ ।६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो।

    नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब २३ अर्ब रुपैयाँ पुस महिनामा भित्रिएको हो।

    साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड, भदौमा १ खर्ब २६ अर्ब, असोजमा १ खर्ब ४४ अर्ब, कात्तिकमा १ खर्ब १४ अर्ब र मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ।यो वर्ष ६ महिनामा २ लाख ३० हजार ३९० जना अन्तिम श्रम स्वीकृति र १ लाख ६२ हजार ६२८ जना पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij