Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

गोदावरी वडा नं. ३ का दलित महिलाहरुलाई अचार बनाउने तालिम

गोदावरी वडा नं. ३ का दलित महिलाहरुलाई अचार बनाउने तालिम

  • ललितपुरर २७ माघस् ललितपुरको गोदावरी नगरपालिका वडा नं.३ गोदावरीले दलित महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ। वडाको योजनामा नगरपालिकाको स्वीकृत वार्षिक बजेट अनुसार दलित महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत यही माघ २४ गतेदेखि २६ गतेसम्म व्यवसायिक अचार बनाउने तालिम सम्पन्न भएको हो । 
    तालिम समापनका अवसरमा मन्तव्य राख्नुहुँदै वडा अध्यक्ष सानुराज ९राज० घिमिरेले राज्यसत्ताबाट उपेक्षित बर्ग,समुदायको हीत र उनीहरुमा उद्यमशीलता विकासका साथै व्यवसाय प्रवर्द्धनका वडाले ध्यान दिएर कार्यक्रम गरिरहेको बताउनुभयो । 
    ूसम्पूर्ण दलित महिलाहरुको उद्यमशीलता बिकास गर्ने गोदावरी वडा ३ कार्यालयको लक्ष्य रहेको छ, यही लक्ष्य र उद्देश्य अनुरुप दलित महिलाहरुलाई उद्यमी बनाउने क्रममा वडा कार्यालयको आयोजना र दलित महिला कृषक समूहको समन्वयमा वडा भित्र विभिन्न तालिम सञ्चालन गर्दै आएका छौ, आज शनिबार अचार बनाउने तालिम सम्पन्न भयो, यो तालिमले उद्यमीलता र व्यवसायिकताको विकास गरेको छ।ू अध्यक्ष घिमिरेले भन्नुभयो ।
    उहाँले दलित महिलाहरूको सीप विकास उत्पादनलाई बजारीकरण गर्ने सन्दर्भमा आवश्यकता अनुसार बजेट व्यवस्थापन गरेर सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले समाजको विकासका लागि महिलाहरुको आर्थिक क्षमता, सीप विकासलाई जोड दिइने जानकारी गराउनुभयो। अध्यक्ष घिमिरेले देशभरका महिलाहरुका लागि प्रेरणादायी बन्नेगरी वडा नं। ३ का महिलाहरूले सीप विकासमार्फत रोजगारी र आयआर्जन गर्न सक्षम हुने विस्वास व्यक्त गर्दै शुभकामना दिनुभयो । उहाँले परिवारका अन्य सदस्यसंग रहेको परनिर्भरता हटाउँदै सक्षम, सबल र नेतृत्वदायी भूमिकामा महिलाहरुलाई स्थापित गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने जानकारी गराउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij