Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

आँखुखोला जलविद्युत कम्पनीको खुद नाफा २२.५० प्रतिशतले बढ्यो

आँखुखोला जलविद्युत कम्पनीको खुद नाफा २२.५० प्रतिशतले बढ्यो

  •  


    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा तुलनामा २२.५० प्रतिशत धेरै हो ।

    कम्पनीको वित्तीय खर्च ५ करोड ७२ लाखबाट घटेर ४ करोड ६६८ लाख रुपैयाँमा झरेको छ । यसले गर्दा नाफा बढ्नमा टेवा पुगेको छ ।  कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने १० करोड ७६ लाखबाट घटेर ९ करोड २१ लाख रुपैयाँमा झरेको छ । 

    २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आँखुखोला जलविद्युतको अदर इक्वाटी २१ करोड ४२ लाख ऋणात्मक छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij