
काठमाडौँ ।आर्क्स ग्रुपले कोदोको अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य लिएर यसका विभिन्न खाद्य उत्पादनहरु बजारमा ल्याएको छ । होटल, मोटर्स, हेल्थकेयरलगायत क्षेत्रमा लगानी गर्दै आएको आर्क्स ग्रुपले अहिले कोदोका उत्पादनहरू लिएर आएको हो । आर्क्स ग्रुपको आर्क्स फुडले सिङ्गापुरकै कफी ब्रान्ड म्याग कफी, चाइनाबाट डीडीएन ब्रान्डको सोडा क्र्याकर बिस्कुट र भारतबाट चकलेट लगायतका फुड आइटम आयात गरेर बिक्री गर्दै आएको छ ।
लामो समयदेखि विदेशमा तयारी खाद्यवस्तुको आयात गर्दै नेपालीमा बिक्री वितरण गर्दै आएकोे आक्र्स फुडले अहिले कोदोको स्वदेशी खाद्यवस्तु उत्पादन गरेर नेपाली बजारमा ल्याएको जनाएको छ । आर्क्स फुडका बजार निर्देशक गोपालकृष्ण श्रेष्ठले जनाए अनुसार ग्रुपभित्र विविध छलफल पछि कोदोलाई बजारीकरण गर्ने उद्देश्यका साथ अहिले कोदोको विभिन्न परिकार बनाएर बिक्री गर्न लागिएको हो । उनका अनुसार यसको पहुँच अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजनाबारे छलफल भइरहेको छ ।
आर्क्स ग्रुपले करिब ५ करोडको लगानीमा यो उद्योग सुरु गरेको हो । यो उद्योगले ५५ देखि ६० जनालाई उत्पादनतर्फ प्रत्यक्ष रोजगारी दिएको छ भने मार्केटिङमा २२ जनाले रोजगारी पाएका छन् । यो ग्रुपको अध्यक्ष राजेश काजी श्रेष्ठ हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij