Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

सरकारलाई चालु  खर्च जुटाउन धौ धौ बजेटको २५ प्रतिशत रकम रोक्का गर्ने सरकारको निर्णय

सरकारलाई चालु  खर्च जुटाउन धौ धौ बजेटको २५ प्रतिशत रकम रोक्का गर्ने सरकारको निर्णय

  • काठमाडौँ ।सरकारले रकम रोक्का गर्ने निर्णय गरेको छ । चालु  खर्च जुटाउन धौ धौ परेकाले बजेटको २५ प्रतिशत रकम रोक्का गर्ने सरकारले  निर्णय गरेको हो ।चालु आर्थिक वर्षको बाँकी बजेटको विनियोजित रकमको २५ प्रतिशत रकम रोक्का राख्ने निर्णय गरिएको छ ।
    अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको परिच्छेद ८को बुँदा न नम्बर ८.१.१ अनुसार चालु खर्चको अनिवार्य दायित्व बाहेक तथा पुँजीगत खर्चतर्फ विनियोजित नेपाल सरकारको स्रोततर्फको रकम मध्ये हालसम्मको खर्च भई बाँकी रकमको २५ प्रतिशत रकम रोक्का राख्ने व्यवस्था बमोजिम सो निर्णय गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

    अर्थमन्त्रालयले  जनाए अनुसार खर्च शीर्षक नम्बर २२५११ नम्बरको कर्मचारी तालिम खर्च (तालिम केन्द्र र प्रतिष्ठानबाट सञ्चालन हुने बाहेक मात्र) , शीर्षक नम्बर २२५२२को कार्यक्रम खर्च, ३११२२को मेशिनरी तथा औजार खर्च, ३११२३को फर्निचर तथा फिक्स्चर र ३११३५को पुँजीगत परामर्श खर्चको बाँकी रकम कटौती गरिने भएको छ ।

    सचिव डा. रामप्रसाद घिमिरेले जारी गरेको  विज्ञप्तिमा चालु आर्थिक वर्षको बाँकी अवधिमा राजस्व प्राप्तिमा हुने सुधार तथा खर्चको आवश्यकताको आधारमा बजेट रोक्का तथा नियन्त्रण पुनरावलोकन गर्न सकिने जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij