Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा  एनआइएमबि एस क्यापिटल

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा  एनआइएमबि एस क्यापिटल

  • काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

    कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रू. २२ करोड ५० लाख रकम बराबरको अंकित मूल्य रू. १०० का दरले हुन आउने २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन जारी गर्ने गरी एनआइएमबि एस क्यापिटलसँग सम्झौता गरेको हो ।

    ट्रष्ट माइक्रो इन्स्योरेन्स लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० चैतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij