Logo

Sep 07 2025 | २०८२, भदौ २२गते

Sep 07 2025 | २०८२, भदौ २२गते

images

माघ महिनामा भित्रियो १.६६ खर्बको मालवस्तु आयात , व्यापार घाटा ६.२० प्रतिशतले बढयो

माघ महिनामा भित्रियो १.६६ खर्बको मालवस्तु आयात , व्यापार घाटा ६.२० प्रतिशतले बढयो

  • काठमाडौं। चालु आर्थिक वर्ष ७ महिनामा आयात १०.०९ र निर्यात ४६.५० प्रतिशतले बढेको छ।भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष माघसम्म ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको छ। त्यसमध्ये १ खर्ब ६६ अर्बको वस्तु माघ महिनामा आयात भएको तथ्यांकबाट देखिएको हो। आयात मंसिरदेखि लगातार उकालो लागेको छ। कात्तिकमा १ खर्ब २२ अर्बको आयात भएकामा मंसिरमा १ खर्ब ४८ अर्ब र पुसमा १ खर्ब ६१ अर्बको वस्तु भित्रिएको थियो।

    गत आवको  ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँ वस्तु निर्यात भएकामा यो वर्ष सोही अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको निकासी भएको  विभागले जनाएको छ।आयात निर्यात बढ्नुको मुख्य कारण भने भटमासको तेलको कच्चा पदार्थ हो। भटमासको तेलको कच्चा पदार्थ सात महिनामा ३८ अर्ब २९ करोडको आयात गरिएको छ।

    ७ महिनाको कूल आयातमा भटमासको तेलको कच्चा पदार्थ डिजलपछि दोस्रो नम्बरमा छ। डिजल ६६ अर्ब ४८ करोड रुपैयाँको आयात भएको छ। आयातमा धेरै खर्च भएको अर्को वस्तु पेट्रोल हो। ७ महिनामा ३७ अर्ब ६४ करोडको पेट्रोल आयात गरिएको छ। व्यापार घाटा गत वर्षको तुलनामा ६.२० प्रतिशतले बढेको छ ।

    कुल वैदेशिक व्यापार माघ मसान्तसम्म ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार भएको छ । व्यापार घाटा ८ खर्ब ६१अर्ब ३८ करोड २८ लाख ७१ हजार रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij