Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने

  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले माघ ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरी माघ २९ गते बाँडफाँट गरेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले आम सर्वसाधारणका ला िआईपीओ निष्कासन गरेको हो । 

    कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँटपश्चात् कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई समेत १ लाख १२ हजार ५०० कित्ता शेयर समेत बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ । यी बाहेक बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याइएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीको आईपीओ खरीद गर्न पाइनेछ ।

    यो आईपीओ छिटो अवधि फागुन १५ गतेसम्म विक्रीमा रहनेछ । यदि सो अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको छ । पछिल्लो समय आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ छिटो अवधि फागुन १५ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij