Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः लघुवित्तको कर्जाको व्याज दर बैंकको जस्तै आधार दर अनुसार परिवर्तन हुने

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः लघुवित्तको कर्जाको व्याज दर बैंकको जस्तै आधार दर अनुसार परिवर्तन हुने

  • काठमाडौं ।  लघुवित्त वित्तीय संस्थाहरुले कर्जाको व्याज दर परिवर्तन हुने भएको छ । हालको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट कर्जामा १५ प्रतिशत व्याज दर असुल गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गर्दै आधार दरसँग आबद्ध गरी व्याजदर तय गर्न सक्ने व्यवस्था गरेको छ ।

    केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जा लिने व्याज दर परिवर्तन गरेको हो । नयाँ कर्जाको व्याज दर २०८२ को जेठ देखि लागू हुनेछ ।त्यसैगरी व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधन खरिद गर्दा ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ भने असल कर्जाको विद्यमान १।१ प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशत कायम गरिएको छ यसले गर्दा कर्जा नोक्सानी व्यवस्थाबापत् जम्मा गर्नुपर्ने रकममा कमी आउनेछ जसले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको नाफा केही मात्रामा बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij