Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

विश्वभरका अर्बपति बटुल्ने ट्रम्पको योजना ,५० लाख अमेरिकी डलरमा  गोल्ड भिसा कार्ड बाँडिने

विश्वभरका अर्बपति बटुल्ने ट्रम्पको योजना ,५० लाख अमेरिकी डलरमा  गोल्ड भिसा कार्ड बाँडिने

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका अर्बपति बटुल्ने योजना बनाएका छन् । अमेरिकामा बस्ने यस्ता धनाढ्यहरुका लागि ‘गोल्ड कार्ड’ योजना ल्याउने भएका छन् ।ट्रम्पले ५० लाख अमेरिकी डलर (साढे ६९ करोड रुपैयाँ) ‘गोल्ड कार्ड’ दिने घोषणा  गरेका हुन्। यो कार्ड पाउनेहरुले अमेरिकामा बस्न र नागरिकता पाउने बाटो खुल्नेछ।

    ट्रम्पले भने ‘ग्रीनकार्ड जस्तै सेवा सुविधा यो कार्ड पाउनेहरुले प्राप्त गर्नेछन्। यो नागरिकता पाउने बाटो पनि हुनेछ। यो कार्ड किन्न धनाढ्यहरु अमेरिकामा आउनेछन्,’ दुई सातामै यस्तो कार्ड बिक्री सुरु हुने उनले उद्घोष गरेका छन्। लाखौं संख्यामा यस्तो कार्ड बिक्री हुने उनको अपेक्षा छ। उनले रसियाली धनाढ्यहरुले समेत यो योजनामा सहभागी हुन सक्ने बताए।

    यो कार्डले अमेरिकाको इबी–५ इमिग्रेन्ट इन्भेस्टर भिसा प्रोगामलाई प्रतिस्थापन गर्नेछ। यो प्रोगाममार्फत १० लाख अमेरिकी डलरदेखि ८० लाख अमेरिकी डलरसम्म लगानी गर्न चाहने आप्रवासीले ग्रीन कार्ड दिने व्यवस्था थियो। सन् २०१९ मा ट्रम्पले लगानी रकमलाई क्षेत्र अनुसार ९० लाख अमेरिकी डलर देखि करिब दुई करोड अमरिकी डलरसम्म पु¥याएका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij