Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

आज नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खरीदका लागि आवेदन दिने अन्तिम दिन

आज नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खरीदका लागि आवेदन दिने अन्तिम दिन

  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि फागुन १५ गतेसम्म मात्र कम्पनीको आईपीओ निष्कासन हुन लागेको हो ।

    पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले माघ ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरी माघ २९ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij