Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

आज सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने  अन्तिम दिन

आज सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने  अन्तिम दिन

  • काठमाडौँ ।सानिमा क्यापिटलले फागुन ६ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने आजअन्तिम दिन रहेको छ।

    सो फण्डको इकाई खरिदका लागि फागुन २० गतेसम्म आवेदन दिन पाइने भएपनि मागभन्दा अधिक आवेदन प्राप्त भएका कारण आज बैंकिङ्ग समयपश्चात आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ।सानिमा फ्लेक्सी फण्डको कुल आकार १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई रहेको छ। जसमध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँबराबरको ४ करोड इकाई क्यापिटलले प्रथम चरणमा सार्वजनिक रुपमा बिक्री खुल्ला गर्न लागेको हो। सो ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

    सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी प्रकृतिको योजना हो। उक्त फण्डमा न्यूनतम १०० देखि ४० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

    फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij