Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

समाज र ग्रामीण विकास लघुवित्त मर्जर सम्झौताः सेयर भाउमा २६०० रुपैयाँको अन्तर

समाज र ग्रामीण विकास लघुवित्त मर्जर सम्झौताः सेयर भाउमा २६०० रुपैयाँको अन्तर

  • काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त बीच मर्जर सम्झौता भएको छ। यी दुई संस्था बीच फागुन १७ गते मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो, तर कुन कम्पनीको सेयर स्वाप रेसियो कति हुनेछ भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

    यी दुई कम्पनीको बजार मूल्यमा ठूलो अन्तर छ। समाजको सेयर मूल्य (बिहीबारको कारोबार अनुसार) ३,५३९ रुपैयाँ रहेको छ भने, ग्रामीण विकास लघुवित्तको सेयर मूल्य मात्र ८९१ रुपैयाँ छ। यसबाट २,६४८ रुपैयाँको अन्तर देखिन्छ, जुन मर्जर प्रक्रियामा महत्त्वपूर्ण असर पार्न सक्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij