
काठमाडौँ ।एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति गठनमै प्रश्न चिन्ह उठेको छ । काठमाडौँ महानगरपालिका वडा न २३मा रहेको एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति गठन प्रक्रियामै वैधानिकताको प्रश्न उठेको हो ।
एयरटेल बचत तथा ऋण सहकारीसंस्था लिमिटेडको २०८० मंसिर१८ गते तदर्थ समिति गठन गरिएको र उक्त समितिको संयोजक तथा अध्यक्ष अशोक गोयल भएको भनी कागजात तयार पारी बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी महाशाखा हेटौडामा बुझाएको कागजपत्रको वैधानिकतामाथि नै प्रश्न उठेको छ ।काठमाडौँ जिल्ला अदालतको ठगी तथा संगठित अपराधजन्य मुद्दा न ०७५÷८१÷११७० को फैसला ०७७ ÷११÷१७मा तत्कालीन एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्ध निर्देशक अशोक गोयल जैनसमेत दोषी ठहरिएका थिए । उक्त फैसलामा अशोक गोयल जैन निजकी श्रमती सुमन केडिया सञ्चालिका र छोरी महेक गोयलसमेतलाई दोषी ठहर गरी अदालतबाट २५ करोड४१ लाख ४० हजार ७ सय ७ रुपैयाँ सहकारीलाई फिर्ता गरी सहकारीलाई ६ महिना भित्र पुनर्जीवन दिन आदेश गरिएको थियो । उक्त मुद्दालाई उच्च अदालतले पनि सदर गरेको थियो ।
एयरटेल बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन प्रवन्ध निर्देशक अशोक गोयल जैनले १७३७ सदस्य संख्या रहेकोमा १सय ५० भन्दा कम आफू अनुकूलका सदस्यहरू जम्मा गरी साधारण सभा गरी आफ्नै अध्यक्षतामा संयोजक÷अध्यक्ष घोषणा गरेको बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकारी महाशाखामा बुझाएको कागजमा उल्लेख छ ।
सहकारी ऐन २०७४को दफा ३० र ३२ नियमावली २०७५को नियम १७ बमोजिम संस्थालाई हानि नोक्सानी पु¥याउने व्यक्ति सदस्यसमेत हुन नपाउने सहकारी ऐन र विनियमावलीमा समेत उल्लेख छ । साथै २०७४को सहकारी ऐनको ४७ (१) बमोजिम दोषी ठहर भएपछि स्वतः विघटन हुने छ । यस्तै सहकारी नियमावली २०७५को नियम २१ नियम १ र २ बमोजिम पुनः तदर्थ समिति बनाउनुपर्ने उल्लेख छ । सहकारी ऐन २०७४को दफा ४० उपदफा १,२,३ र ४ मा साधारण सभा गर्दा संस्थामा रहेका कुल सदस्य संख्याको बहुमत पु¥याउनुपर्ने प्रावधान छ ।
एयरटेल बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन प्रवन्ध निर्देशक अशोक गोयल जैनले १७३७ सदस्य संख्या रहेकोमा १सय ५० भन्दा कम आफू अनुकूलका सदस्यहरू जम्मा गरी साधारण सभा गरी आफ्नै अध्यक्षतामा संयोजक÷अध्यक्ष घोषणा गरेको बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकारी महाशाखामा बुझाएको कागजमा उल्लेख छ ।
यसरी सहकारीको विनियम, सहकारी ऐन नियमावली विपरीत अशोक गोयल जैनले मिति २०८० मंसिर १८गते आफ्नै अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति गठन गरी बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकारी महाशाखामा बुझाएका छन् । जसमा अशोक गोयल अध्यक्ष, मनोजकुमार साह सदस्य, सुजन केसी सदस्य, किशोर तामाङ सदस्य , रश्मी दनुवार सदस्य ,विष्णुबहादुर घिमिरे सदस्य, गोपाल थापा मगर सदस्य रहेका छन् । यस्तै उनले लेखा तथा सुपरिवेक्षण समितिमा सत्यमान लामालाई राखेका छन् । यता २०८० पुस १७मा एयरटेल सहकारी संस्थाका सदस्यहरू मध्येबाट भेला गरी संयोजक बनाइएका पवनकुमार चाचानको समूह सहकारी संस्थाको सञ्चालक समिति गठनको आधिकारिताका लागि बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकारी महाशाखामा गयो ।
महाशखाले २०८० पुस २६मा दुवै पक्ष गोयल र चाचानसमूहलाई छलफलमा बोलायो । उक्त छलफलमा चाचानसमूह गयो भने गोयल समूह छलफलमा गएन् । गोयल समूह नगएपनि महाशाखाले कारबाहीमा पठायो । अन्ततः महाशाखाले गोयल समूहलाई नै आधिकारिक मान्यो । सहकारी ऐन नियम र संस्थाको विनियमावली विपरीत संस्थामा दोषी ठहरिएका व्यक्ति पुनः संस्थाको अध्यक्ष कसरी भए ? यससम्बन्धमा बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको महाशाखाका प्रमुख तथा प्रवक्ता कुमार तामाङले यस विषयमा कानुन शाखाका मनोजकुमार गुप्तालाई विस्तृतमा जानकारी भएको र उहाँलाई सोध्न भने । उनले नया सडकसँग कुरा गर्दै एयरटेल सहकारी संस्थाका ऋणीहरूलाई धडपकड गर्ने गराउने उद्देश्यले हामीले पत्र नलेखेको उल्लेख गर्दै सहकारीका अध्यक्षलाई सुरक्षा थ्रेट भएको भनी लेखि आएकोमा सुरक्षा व्यवस्था मिलाइ दिनका लागि प्रहरीलाई अनुरोध मात्र गरेको बताए । तामाङले भने बमोजिम एयरटेल सहकारी संस्थाको बारेमा महाशाखाका कानुन अधिकृत मनोजकुमार गुप्तालाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
यसअघि नया सडक डटकमले प्रकाशन गरेको थप समाचार पनि पढ्नुस::
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij