Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

नयाँ सडक समाचार प्रभाव: एयरटेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोयललाई संस्थाका सम्पूर्ण विवरणसहित  बागमती प्रदेशको सहकारी मन्त्रालयले बोलायो

नयाँ सडक समाचार प्रभाव: एयरटेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोयललाई संस्थाका सम्पूर्ण विवरणसहित  बागमती प्रदेशको सहकारी मन्त्रालयले बोलायो

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न २२ मा रहेको एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेका अवैधानिक हर्कत र गतिविधिको छानबिन हुने भएको छ ।नयाँ सडक डटकमले एयरटेलले गरेका गलत क्रियाकलापको विषय लगातार उठाउँदै आएको छ ।एयरटेल सहकारीले विभिन्न सरकारी निकायलाई प्रभावमा पारेर गरेका अवैधानिक गतिविधिको छानबिन हुने भएको हो ।

    बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले एयरटेल बचत तथा ऋण सहकारी संस्थालाई एक पत्र लेख्दै फागुन  २८ गते सम्पूर्ण कागजपत्र र विवरणसहित छलफलमा बोलाएको छ । एयरटेल सहकारीले गरेका अवैधानिक गतिविधिको विषयमा पीडितहरूले उजुरी दिएपछि र मिडियामा समाचार आएपछि अन्ततः मन्त्रालयको सहकारी महाशाखाले अध्यक्ष अशोक गोयल र सहकारीलाई छलफलमा बोलाएको हो ।

    महाशाखासँग विगतमा भएको छलफललाई समेत दृष्टिगत गर्दै महाशाखाले एयरटेल सहकारीलाई फागुन १२ गते लेखेको पत्रमा भएको सहमति अनुसार समेत सहकारी संस्थाका सम्पूर्ण विवरण कागजपत्रहरू समेत लिएर उपस्थित हुन भनेको हो । एयरटेल सहकारीलाई महाशाखाले लेखेको पत्रमा सहकारी संस्थामा भएका ऋणीहरू, बचतकर्ताहरू, सुरुदेखिको बचत खाता, बचत मुद्दती, चल्ती , ऋणखाताको विवरण,ऋणीहरूसँगको सम्झौता, सोसम्झौतासँग सम्बन्धित कागजात र संस्थाले कायम गरेको ऋण रकम, ब्याज र हर्जानासहितको व्यक्तिगत विवरणसहित महाशाखामा उपस्थित हुन पत्र काटेको हो ।
    हेर्नुहोस पत्र जस्ताको तस्तै 

    le.jpgथप समाचार हेर्नुहोस् 

    बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा एयरटेल सहकारीका विवादित अध्यक्ष अशोक गोयलको  अवैध असुली, सम्बन्धित निकाय मौन

    एयरटेल सहकारी संस्थाको सञ्चालक समिति गठनको वैधानिकतामै उठ्यो प्रश्न, संस्थाको रकम अपचलन गरेका अशोक गोयल कसरी भए अध्यक्ष ?

    एयरटेल सहकारीको आतंक, ४१ ऋणी सदस्यलाई मुद्दा, अग्रवाल बाबुछोरासहित आधा दर्जन  सदस्य थुनामा

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij