Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

अर्थमन्त्रीद्वारा तीन करोड भन्दा माथिका आयोजना ल्याउन मन्त्रालयहरूलाई आग्रह

अर्थमन्त्रीद्वारा तीन करोड भन्दा माथिका आयोजना ल्याउन मन्त्रालयहरूलाई आग्रह

  • काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा माथिका योजना ल्याउन मन्त्रालयहरूलाई आग्रह गरेका छन् ।बजेट तयारीमा जुटेका मन्त्री पौडेलले आइतबार आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी विषयमा खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग  छुट्टाछुट्टै छलफल गरेका हुन् ।

    भेटका क्रममा मन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सम्पन्न ठूला रुपान्तरणकारी एवम् राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्तावमा ध्यान दिन आग्रह गरे ।पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनु पर्ने र एक पटकका लागि बीउधन (सिडमनी) दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रमहरु हस्तान्तरण गर्नु पर्ने पनि आवश्यकता औँल्याए ।

    बजेट निर्माण सम्बन्धी बैठकमा खानेपानी मन्त्री प्रदीप यादव, संघीय मामिला मन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव, खानेपानी सचिव, संघीय मामिला सचिव, विभागीय प्रमुखहरू लगायत सहभागी थिए।आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धमा अर्थ मन्त्रालयले यस अघि भौतिक, शहरी, उर्जा, स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल गरिसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij