Logo

Aug 03 2025 | २०८२, साउन १८गते

Aug 03 2025 | २०८२, साउन १८गते

images

आज क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने  अन्तिम दिन

आज क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने  अन्तिम दिन

  •  

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा कुल १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो।

    कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो, जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

    त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। यसका लागि सर्वसाधारणका लागि बाँकी रहेका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरिएको हो।

    यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत गर्न सकिनेछ।

    एनआइएमबी एस क्यापिटल यस आइपीओको बिक्री प्रबन्धक रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij