Logo

Aug 03 2025 | २०८२, साउन १८गते

Aug 03 2025 | २०८२, साउन १८गते

images

‘एमबीएल इक्विटी फन्ड’ को आवेदन अवधि लम्ब्याइयो, अब चैत ७ गतेसम्म आवेदन दिन सकिने

‘एमबीएल इक्विटी फन्ड’ को आवेदन अवधि लम्ब्याइयो, अब चैत ७ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौं ।  ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने समय लम्बिएको छ। अब यस फन्डको इकाई खरिदका लागि आवेदन दिन चैत ७ गतेसम्म अवसर उपलब्ध हुनेछ। यसअघि फागुन १६ गतेमा निष्कासन बन्द हुने भनिए पनि, माग अनुसारको आवेदन नपरेको कारण कम्पनीले निष्कासन अवधि लम्ब्याएको हो। कम्पनीका अनुसार मागभन्दा धेरै आवेदन प्राप्त भएपछि सूचना जारी गरेर निष्कासन बन्द गर्ने तयारी थियो।

    माछापुच्छ्रे क्यापिटलले आज ९फागुन २२ गते० देखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो। माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले १२ करोड इकाई बिक्रीमा ल्याएको छ, जसले प्रतिइकाई १० रुपैयाँको दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गर्नेछ।

    यस योजनाको कुल आकारमा १५ प्रतिशत इकाई माछापुच्छ्रे बैंक र १४ प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन्। बाँकी ८५ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन गरिएको हो। यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदन सी–आस्वा प्राप्त बैंक र वित्तीय संस्था, साथै मेरो सेयरमार्फत गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij