Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब बढी, अधिकांश बैंकहरूको नाफामा गिरावट

वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब बढी, अधिकांश बैंकहरूको नाफामा गिरावट

  • काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले माघ मसान्त सम्म ३६ अर्ब  बढी नाफा कमाएका छन् ।
    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा २० वटा वाणिज्य बैंकहरुको नाफा  ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

    गत आवको सोही अवधिको तुलनामा यो १.६२ प्रतिशतले बढी छ । बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिमा ९ वटा बैंकको नाफा बढेको छ भने ११ वटाको घटेको छ ।सो अवधिमा सर्वाधिक नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिल बैंकले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ०.६२ प्रतिशतले बढी छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    धेरै नाफा कमाउनेहरूको सूचीको  दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक  छ । यो बैंकले गत आवको सोही अवधिको भन्दा ४५.०१ प्रतिशतले बढी बढाएर ३ अर्ब ९८ करोड ५ लाख रुपैयाँ नाफा बनाएको छ । गत आवको सोही अवधिमा यो बैंकको  नाफा २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ रहेको थियो । नाफा सूचीको तेस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छ । यो बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको भन्दा यो ४४.५२ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    एभेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिमो भन्दा २९.३४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसैगरी चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५६.३१ प्रतिशतले बढी छ ।  गत आवको सोही अवधिमा यो बैंकले ९५ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।प्राइम बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्म २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो बैंकको नाफा चालु आर्थिक वर्षको ७ महिनामा गत आवको सोही अवधिको भन्दा १४.३१ प्रतिशतले घटेको छ । यो बैंकले गत आवको ७ महिनाको अवधिमा २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।

    चालु आर्थिक वर्षको माघसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । त्यस्तै माघसम्म राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६ करोड १७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij