Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८करोड पुग्यो ,१७ महिना बढी वस्तु आयात धान्ने

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८करोड पुग्यो ,१७ महिना बढी वस्तु आयात धान्ने

  • काठमाडौँ । विदेशी मुद्रा सञ्चिति बढ्ने क्रम जारी रहेको छ ।माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति रकम २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको हो । सञ्चित भएको यो विदेशी मुद्रा हालसम्मकै उच्च हो । सात महिनामा विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने सोही अवधिमा मुद्रा सञ्चिति ११.७ प्रतिशतले वृद्धि भइ  १७ अर्ब ५ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ बराबर छ । जसमा भारतीय मुद्रा सञ्चिति सबैभन्दा धेरै २२ प्रतिशतले बढेको छ ।

    चालु आवको सात महिनाको आयातलाई आधार मान्दा हालको सञ्चितिले १७.२ महिनाको वस्तु र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij