Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट , प्रतितोला  रु एक लाख ७४ हजार १००

सुनचाँदीको मूल्यमा सामान्य गिरावट , प्रतितोला  रु एक लाख ७४ हजार १००

  • काठमाडौँ । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

    गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले घटेर रु एक लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    यसैगरी, चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४५ मा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी रु दुई हजार ५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस रु दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij