Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

१७औँ धर्मश्री प्रथम पीएल सिंह मेन्स स्पोर्ट्सको आयोजना हुँदै

१७औँ धर्मश्री प्रथम पीएल सिंह मेन्स स्पोर्ट्सको आयोजना हुँदै

  • काठमाडौँ । नेपाल व्यायाम मन्दिरले १७औँ धर्मश्री , प्रथम पीएल सिंह मेन्स स्पोर्टस फिजिक्सको आयोजना गर्न लागेको छ ।   प्रथम वोमेन्सं वडिविल्डिङ्ग ओपन र ५० वर्ष माथिका मास्टर खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता  २०८१को वारेमा जानकारी गराउन आयोजित  पत्रकार सम्मेलनमा नेपाल व्यायाम मन्दिरले यस्तो जानकारी गराएको हो ।

    b.jpg

    स्वच्छ समाजको लागि स्वस्थ मानसिकता, स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर स्वस्थ शरिरका लागि शरीरिक व्यायाम भन्ने मान्यतालाई आत्मासात गर्दै सर्वसाधरण तथा भविष्यका कर्णधार युवा वर्गका शक्तिलाई शारीरिक रुपले जोशिलो बनाउदै दिगो विकासको निमित्त आवश्यक  दक्ष जनशक्ति उत्पादन गर्ने उद्येश्यले नेपालकै प्रथम जनस्तरीय व्यायामशालाको रुपमा वि.स. २०१० सालमा नेपाल व्यायाम मन्दिरको स्थापना भएको हो ।

    आजको प्रतिस्पर्धात्मक युगमा  कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न स्वस्थ शरीर र शारीरिक बनोटले महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । स्वस्थ, तन्दुरुस्त र आकर्षक शारीरिक बनोटका लागि नियमित शारीरिक व्यायाम अपरिहार्य छ ।

    b2.jpg

    त्यसैले प्रतियोगिताको माध्यमबाट सर्वसाधारणलाई शारीरिक व्यायाम प्रति आकर्षित गरि नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्येश्यले राष्ट्र राष्ट्रियता र लोकतन्त्रको लागी आफ्नो अमुल्य जीवनको आहुति दिने अमर शहिद धर्मभक्त माथेमाको स्मृतिमा वि.स. २०४२ साल देखि आयोजना गर्दै आएको ‘धर्मश्री’ प्रतियोगितालाई निरन्तरता दिन आगामी चैत्र ७, ८ र ९ गते १७ औं ‘धर्मश्री’, प्रथम पि.एल.सिंह मेन्स स्पोट्र्स फिजिक्स १७० सिएम ओभर अन्डर , प्रथम वोमेन्स वडिविल्डिङ्ग ओपन र ५० वर्ष माथिका मास्टर खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता  २०८१ को आयोजना गर्ने निर्णय गरेको मन्दिरले जनाइएको छ । आयोजनाका प्रायोजकहरु  काठमाण्डौं महानगरपालिका, भक्तविर सिंह तुलाधर फाउन्डेसन, शैलेस प्रताप के.सी, फिटनेश च्वाईस, डाईट नेपाल, नेप न्यूट्रेसन प्रा.लि., मनकामना केवुलकार प्रा.लि., आधुनिक डेरी प्रोडक प्रा.लि., अनिल श्रेष्ठ प्याटिनम जिम, डिभाईन फिटनेश सुनिता प्रधान, सिद्धार्थ बैंक, साग्रिला डेभलोप्पमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल ईनभेष्टमेन्ट बैंक, क्याप्टेन लुना प्रधान, विजय राई, ड्रिम एनिमेसन, अजय कुमार बज्रचार्य, नानिकाजी डंगोल र राजेश श्रेष्ठ, नवरत्न महर्जन, जिवन मानन्धर, जनम लामा, काठमाण्डौं वडिविल्डिङ्ग एण्ड जिम व्यवसायि, अशोश शाहि, मेघनास फर्मा, स्पोर्टस पोईन्ट, वडि विल्डिङ्ग स्टोर र मेरो फिटनेश लगायत विभिन्न व्यक्ति रहेको जनाइएको छ ।

     हाल सम्म धर्मश्री विजेताहरु २०४२ र २०४३ सालमा तौल समुहमा मात्र प्रतियोगिता गरिएको थियो भने २०५० सालवाट धर्मश्री च्याम्पियनको सुरुवात गरिएको  जनाइएको छ ।  २०५० साल देखि २०७९ साल सम्म धर्मश्री विजेताहरुमा क्रमशः रविनसन शाक्य, सागर ताम्राकार, लाल बाहादुर गुरुङ्ग, जिवन गिरी, नरेश महर्जन, हरिष श्रेष्ठ,नरेश महर्जन,सानु गुरुङ्ग, सानु गुरुङ्ग , लोकेन्द« परियार, महेश्वर महर्जन, अर्जुन वर्णवाल, मिलन विक्रम सिजापति, र उमेश राई रहेका छन् ।    

    करिब ६०० जना खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगिताको प्रत्येक तौल समुहबाट ६ जना खेलाडीहरु छनौट गरिने छ । अन्य खेलको तुलनामा सरकारी तवरवाट अपेक्षित भएतापनि हाल काठमाडौं महानगरपालिका नगर प्रमुख  बालेन्द« शाहको सक्रियतामा र भक्तविर सिंह तुलाधर फाउन्डेसनले १७ औं धर्मश्रीलाई मेरुदण्डको रुपमा लिएको आयोजकले जनाएको छ । यो आयोजनामा करिब .एक करोड रुपैया  खर्च हने अनुमान गरिएको छ । 

    b1.jpg

    धर्मश्री विजेतालाई बाह्र लाख, दोस्रोलाई ६ लाख, तेस्रोलाई ३ लाख, चौथोलाई २ लाख ,पाँचौलाई १ लाख ८० हजार र छैटौँलाई डेढ लाखको नगद पुरस्कार दिइने जनाइएको छ ।यसैगरी विभिन्न विधाका खेलाडीहरूलाई विभिन्न दरका पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।नेपाल व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराउँदै आयोजनालाई सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij