Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

सर्वोपरि सेवाका माध्यमबाट नेपाल र भूटानमा रोटरीको सामाजिकीकरण

सर्वोपरि सेवाका माध्यमबाट नेपाल र भूटानमा रोटरीको सामाजिकीकरण

  • काठमाडौ ।  रोटरी इन्टरनेशनल डिष्टिक्ट ३२९२ नेपाल-भुटान (RID 3292) ले विगत वर्षभरि हासिल गरेका स्रोत परि चालन, सदस्यता वृद्धि, सेवामुलक परियोजना कार्यान्वयन तथा कार्यक्रमिक सफलता हासिल गरेको छ। यसले मानवीय सेवामा समर्पणभाव र सामुदायिक विकास प्रति रोटरीको प्रतिबद्धतालाई झल्काउँछ । समाजका विभिन्न क्षेत्रमा सफल नेतृत्ववर्गद्वारा सञ्चालित, रोटरी संस्थाहरू मानवीय सेवा प्रदान गर्ने, उच्च नैतिकता तथा सदाचारका मापदण्डहरू कायम गर्ने, र विश्वभर सद्भाव तथा शान्ति फैलाउने लक्ष्य राखेर सञ्चालित छन् । नेपाल र भुटानमा, RID 3292 अन्तरगतका क्रमशः १५७ र एउटा रोटरी क्लबले रोग निवारण, शुद्ध खानेपानी र सरसफाइ, आमाहरू तथा बालबालिकाको स्वास्थ्य, शान्ति प्रवर्द्धन, शिक्षा, आर्थिक विकास र पर्यायवरण जस्ता क्षेत्रहरूमा दूर्गम तथा सुविधाविहीन जनतालाई सेवा पुग्नेगरी प्रभावकारी परियोजनाहरू कार्यान्वयन गरिरहेको छ । 
    सदस्यता वृद्धिको स्थिति जनाइए अनुसार २०८१ फागुन मसान्तसम्मको अभिलेख अनुसार RID 3292 मा सदस्यता वृद्धि उल्लेखनीय रुपमा हुनसकेको छ। यस कुराले सबै वर्गमा रोटरीको परोपकारी अभियानको सेवाभावप्रति प्रतिबद्धता बढिरहेको इंगित गर्दछ । रोटरी क्लबहरूः १५८ क्लब, ५,५७१ सदस्य रोटरयाक्ट क्लबहरूः १७८ क्लब, ५,२८१ सदस्य इन्टरयाक्ट क्लबहरूः १५२ क्लब, ४,२०० सदस्य यसरी सदस्य संख्यामा निरन्तर भइरहेको वृद्धिले रोटरीको उद्देश्यप्रति नया पुस्तालाई थप आकर्षित गर्दै पार दर्शी र सदाचारयुक्त सेवाभाव नव पुस्ताको प्रतिबद्धता सुनिश्चित गरिरहेको जनाइएको छ । 

    जनाइए अनुसार  कार्यक्रमगत उपलब्धिहरू डिस्ट्रिक्ट गभर्नर रोटेरियन  राजेन्द्रमान शेरचनको नेतृत्वमा नेपाल र भूटानका संपूर्ण रोटेरियनहरू रोटरी इन्टर नेशनलकी अध्यक्ष स्टेफनी ए उचिंकको सन् २०२४-२५ को मूलमन्त्र व म्याजिक अफ रोटरी (रोटरीको चमत्कार) प्रस्तुत गर्दै, समुदाय केन्द्रित परियोजनाहरूलाई अझ प्रभावकारी र बिस्तारित गर्ने अभिप्रेरणा प्राप्त भएको छ । 

    प्रमुख उपलब्धिहरू हासील भएर आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण टेवा पुर्याउन सकेकोमा  संपूर्ण रोटेरियनलाई सन्तोष लागेको छ। प्रमुख उपलब्धिहरूमा  स्वास्थ्य तथा रोग निवारणः स्वास्थ्य शिविर र रोग सचेतना कार्यक्रमहरू ,  खानेपानी, सरसफाइ र स्वच्छताः ग्रामीण क्षेत्रमा शुद्ध खानेपानी तथा सरसफाइ सुधार परियोजनाहरू ,  आमाहरू तथा  बालबालिकाको स्वास्थ्यः सुरक्षित मातृत्व कार्यक्रम तथा पोषण सेवाहरू ,  शिक्षा तथा साक्षरताः छात्रवृत्तिहरू, विद्यालय पूर्वाधार सुधार तथा डिजिटल शिक्षा कार्यक्रमहरू , आर्थिक विकासः व्यवसायिक तालिम र साना उद्यमहरूको प्रवर्द्धन ,  वातावरणीय स्थायित्वः वृक्षारोपण, फोहोर व्यवस्थापन तथा नवीकरणीय ऊर्जा परियोजनाहरू ,  वित्तीय  पारदर्शिता र कार्यक्षमता अभिवृद्धि रहेको जनाइएको छ ।

    रोटरी डिष्टिक्टमा ११३ वटा विभिन्न समितिहरू क्रियाशील छन्। ती समितिहरू मार्फत वित्तीय पारदर्शिता, उत्तर दायित्व, र प्रभावकारी व्यवस्थापन सुनिश्चित गरिएको छ। यसले स्रोत परिचालन, सञ्जाल विस्तार, ज्ञान आदानप्रदान र दक्ष पेशागत कार्यव्दारा उच्चस्तरीय सेवा प्रदान गर्ने सफलता प्राप्त भएको छ । 

    भविष्यको परिकल्पना बारे जनाइए अनुसार  रोटरी वर्ष २०२४-२५ को अन्त्यसम्म, रोटरी डिष्टिक्ट ३२९२ ले आफ्‌ना योजना गरिएको कार्यक्रमहरूको १०० प्रतिशत कार्यान्वयन गर्ने लक्ष्य राखेको छ, जसमध्ये ६० प्रतिशत परियोजनाहरू पहिले नै सम्पन्न भइसकेका छन्। हाम्रो रोटरी डिष्टिक्ट ३२९२ द्वारा सुरु गरिने साना-साना सामुदायिक प्रयासहरू नै दीर्घकालीन सामाजिक रूपान्तरणका लागि उत्प्रेर क बन्ने गरेको बिगत वर्षहरुले देखाएको छ । 

    रोटरी डिस्ट्रिक्टको २०२४-२५ को टिमले नेपाल र भुटानभरि रोटरीको प्रभाव विस्तार गर्न तथा सेवा परियोजनाहरूको प्र भावकारिता बढाउन ध्यान केन्द्रित गरेको छ। अहिले सामुदायिक परियोजनाहरूमा व्यापक सुधार, नेतृत्व विकास, युवा तथा महिला सशक्तिकरण तथा वित्तीय पारदर्शितामा उल्लेखनीय प्रगति हासिल भएको छ । 

    क्षमता विकासका लागि रोटरी डिष्टिक्ट ३२९२ अन्तर्राष्ट्रिय रूपमा आबद्ध संस्था भए पनि यसको संरचना, कार्यप्र 
    णाली र सदस्यता स्थानीय स्तरमै आधारित रहेको तथ्य अवगत गराइएको छ ।  प्रत्येक परियोजना स्थानीय आवश्यकताहरूबाट निर्देशित भएर स्थानीय स्वयंसेवीहरूद्वारा नै सञ्चालन गर्ने गरिन्छ । 

    आगार्मा १० औ डिष्टिक्ट कन्फरेन्स (महासम्मेलन)  रोटरी इन्टरनेशनल डिष्टिक्ट ३२९२ ले १७ औं डिष्टिक्ट कन्फरेन्स आयोजना गर्न गइरहेको छ ।  जुन चैत्र ८ गतेदेखि १० गते (मार्च २१-२३, २०२५) सम्म ललितपुर, नेपालमा हुने भएको छ। यस सम्मेलनमा नेपालका १५७ रोटरी क्लबहरू र भुटानको १ रोटरी क्लबका करिब १,२०० रोटेरियनहरू भेला हुनेछन् । 

    यस महासम्मेलनले ज्ञान आदानप्रदान, अनुभव साझेदारी तथा सामुदायिक स्तरमा रोटरी सचेतना अभिवृद्धि तथा सेवा परियोजनाहरू सञ्चालनका लागि समस्या समाधानका रणनीतिहरूको छलफल गर्न मद्दत पुर्याउने छ । 
    यस सम्मेलनमा रोटरी इन्टरनेशनलका अध्यक्षको प्रतिनिधि द्वारा सम्बोधन हुनेछ । महासम्मेलनले भावी कार्यदिशा निर्धारण गर्न पनि मद्दत पुर्याउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij