
काठमाडौँ । चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडा÷जेकोले नेपाली बजारमा दुई नयाँ मोडलका विद्युतीय वाहन ( एसयूभी) ल्याउने घोषणा गरेको छ ।नेपाली बजारमा आफ्नो उत्पादन ल्याएको एक वर्ष पूरा भएको अवसरमा एक कार्यक्रमको आयोजना गरी यस्तो घोषणा गरेको हो ।कार्यक्रममा यसको आधिकारिक वितरक एसपीजी अटोमोबाइल कम्पनीले दुई एसयूभी ल्याउने घोषणा गरेको हो ।
कम्पनीका सेल्स एण्ड मार्केटिङका जनरल म्यानेजर ज्ञानेन्द्र चन्दका अनुसार पहिलो वर्ष उपभोक्ताले बलियो साथ दिएका छन् । अबको २÷३ महिना भित्रै दुई नयाँ एसयूभी आउँछ । नयाँ एसयूभीको मूल्य अटोमोबाइल क्षेत्रकै आकर्षक हुनेछ ।
कम्पनीले दुवै मोडल जेको ब्राण्डमा ल्याउने छ । एउटा मोडल जेको जे–५ र अर्को जेको भी–२३ हुनेछ । यी दुवै फरक डिजाइनमा उपलब्ध एसयूभी हुन् । यी दुई मोडल थप भएसँगै कम्पनीसँग ४ मोडलका विभिन्न भेरियन्ट उपलब्ध हुने जनाइएको छ ।
जेकोले नेपाल ल्याउने जे–५ को धेरै फिचरहरुको सार्वजनिक गरेको छैन । सम्बद्ध स्रोतले जनाए अनुसार जेको जे–५ को लम्बाई ४३८०, चौडाई १८६० र उचाई १६५० एमएम छ । जुन अहिले बजारमा रहेको जे–६ भन्दा केही सानो हो । तर, बडी डिजाइनमा भने जे–६ र जे–५ मा निकै ठूलो अन्तर पाउन सकिन्छ ।जे–५ एसयूभीमा २६२० एमएम लामो ह्वीलवेस रहने छ । बी सेग्मेन्ट एसयूभी रुपमा आउन लागेको जे–५ धेरै टेक्नोलोजी, स्टाइल र व्यावहारिकतालाई सोचेर तयार पारिएको छ ।
जेकोले जे–५ एसयूभीको ड्यासबोर्डमा १३.२ इन्चको भर्टिकल इन्फोटेन्मेन्ट स्कृन दिनेछ । टु स्पोक स्टेरिङ ह्वील र त्यसको पछाडि दिएको इन्ट्रुमेन्ट क्लस्टर स्टाइल र सूचना दिन सहज देखिएको छ ।
चीनमा बिक्री भइरहेको आई कार भी–२३ मोडल सहरी क्षेत्र र अफरोडको लागि उपयोगी मानिन्छ । रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध एसयूभी नेपालमा जेको भी–२३ नामबाट आउने छ ।जेको भी–२३ मोडलमा ५९.९३ र ८१.७६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । सानो ब्याट्री एलएफपी हो भने, ठूलो ब्याट्री टर्नरी लिथियम हो । यी ब्याट्रीको रेन्ज क्रमशः ४०१ र ५०१ किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको जनाइएको छ ।
भी–२३ को ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ । गाडीको साइज पनि ठिक्कको छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा भेरियन्ट अनुसार २०० र २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहने छ ।
एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे–३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij