Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट

ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट

  •  

    काठमाडौं । ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो। यो लिलामी सेयर चैत ४ गते बाँडफाँट गरिएको हो।

    लिलामीमा न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर प्राप्त गरेका छन्। कम्पनीले यसअघि १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्रीको लागि खुला गरेको थियो। त्यसपछि बिक्री नभएका बाँकी सेयर लिलामीमार्फत बिक्रीमा राखिएका थिए।

    कम्पनीले लिलामी बाँडफाँटमा नपरेको सेयरको रकम सोमबार (चैत ११ गते) देखि आवेदकको बैंक खातामा क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत फिर्ता गर्ने जनाएको छ। यसै क्रममा, कम्पनीले आवेदकलाई आग्रह गरेको छ कि उनीहरूको खातामा रकम नजम्झिएमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर, नक्साल, काठमाडौंसँग सम्पर्क गर्न।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij