Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images

सिन्धु विकास बैंकले ११६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

सिन्धु विकास बैंकले ११६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

  •  


    काठमाडौं ।सिन्धु विकास बैंकले ११६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। बैंकको शुक्रबार  सम्पन्न १४औं र १५औं वार्षिक साधारण सभामा ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। यसअघि बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो।

    साधारण सभाले १ः१.१६ अनुपातमा, अर्थात् ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। यो कदम नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पूरा गर्नका लागि उठाइएको हो।

    साथै, सभामा अन्य बैंक र वित्तीय संस्थासँग एक आपसमा गाभ्ने–गाभिने प्रस्ताव पनि पारित भएको छ।

    सिन्धु विकास बैंकले यसअघि पनि हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो, तर केन्द्रीय बैंकले हकप्रद जारीमा कडाई गरेको छ।  सिन्धु विकास बैंकले यसपटक हकप्रद दरलाई थप वृद्धि गरेर प्रस्ताव प्रस्तुत गरेको छ, जसको अनुमति नेपाल राष्ट्र बैंकबाट प्राप्त गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij