Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मातृभूमि लघुवित्तको साधारण सभा वैशाख २ गते , एफपीओ जारी गर्ने

मातृभूमि लघुवित्तको साधारण सभा वैशाख २ गते , एफपीओ जारी गर्ने

  •  


    काठमाडौं । मातृभूमि लघुवित्तले आफ्नो वार्षिक साधारण सभा आगामी वैशाख २ गते बोलाएको छ। सभा काठमाडौंको अमुप्रस्थ ब्यांक्वेट, एन्ड इभेन्ट्स, बुढानिलकण्ठमा बिहान ११ बजे सुरु हुनेछ। यसपटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगरेकोले सेयरधनीहरूको हात खाली रहनेछ।

    सभामा सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, अन्य बैंक र वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि हुनेछ। प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नका लागि प्रस्ताव पेश हुनेछ।

    यसै गरी, सभा में आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमा छलफल हुनेछ। साथै, आगामी आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ।

    सभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते आइतबार बुक क्लोज गर्ने जनाएको छ। यसर्थ, चैत २१ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij