Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट नयाँ इजाजत: धितोपत्र निष्काशन र शेयर रजिष्ट्रेशन सेवा अब उपलब्ध

माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट नयाँ इजाजत: धितोपत्र निष्काशन र शेयर रजिष्ट्रेशन सेवा अब उपलब्ध

  •  

     

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले  नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशनका लागि अनुमति प्राप्त गरेको छ। यस अनुमतिको साथ, कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन , हकप्रद शेयर, ऋणपत्र  र अन्य धितोपत्रहरूको निष्काशन, बिक्री तथा वितरण प्रक्रियालाई व्यवस्थित गर्न सक्षम हुनेछ।

    त्यसका साथै, माछापुच्छ्रे क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रारको रूपमा शेयरधनीहरूको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरणजस्ता थप सेवा प्रदान गर्ने क्षमता पनि प्राप्त गरेको छ।

    माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो र यसले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य र सामूहिक लगानी कोषको इजाजत प्राप्त गरी सेवा प्रदान गर्दै आएको छ। हालै, कम्पनीले सामूहिक लगानी कोष अन्तर्गत आफ्नो पहिलो बन्दमुखी योजना “एमबीएल इक्विटी फण्ड” सार्वजनिक निष्काशन गरि सम्पूर्ण इकाइहरू सफलतापूर्वक बिक्री गर्न सफल भएको थियो।

    अब, थप इजाजत प्राप्त भएपछि, माछापुच्छ्रे क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकको रूपमा उपलब्ध सबै सेवा सुविधाहरू प्रदान गर्न सक्षम हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij