Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित, पुँजी वृद्धि र मर्जरको नयाँ मार्ग खुला

नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित, पुँजी वृद्धि र मर्जरको नयाँ मार्ग खुला

  •  

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरसम्बन्धी नयाँ निर्देशिका पारित गरेको छ। यस निर्णयसँगै ब्रोकर कम्पनीलाई मर्जरको माध्यमबाट पुँजी वृद्धि गर्ने अवसर प्राप्त हुनेछ। बोर्डको बुधबारको बैठकमा स्वीकृत यस निर्देशिकाले ब्रोकर कम्पनीलाई २०८२ असारसम्म पुँजी वृद्धि गर्नको लागि समय दिएको छ।

    यसअघि, ३७ ब्रोकर कम्पनीहरूले बोर्डमा कार्ययोजना पेश गरेका थिए, जसमा २४ वटा ब्रोकर कम्पनीहरूले मर्जर, बोनश र राइट शेयरको विकल्प चयन गरेका छन्। नयाँ लाइसेन्स प्राप्त ४२ ब्रोकर कम्पनीले पहिले नै पुँजी कायम गरेको छ भने पुराना ५० कम्पनीमध्ये १२ वटा कम्पनीले पुँजी कायम गर्न सफल भएका छन्।

    नेपाल धितोपत्र बोर्डले २०७९ भदौमा धितोपत्र कम्पनीलाई २०८२ असारमासम्म पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो। बोर्डले सिमित व्यवसाय गर्ने कम्पनीलाई २० करोड रुपैयाँ पुँजी थप गर्न भनेको छ भने, पूर्व कार्यरत कम्पनीलाई ६० करोड रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ। यसका साथै, धितोपत्र व्यापारीको पुँजी १ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।

    बोर्डले २०७४ मा ब्रोकर कम्पनीको चुक्ता पुँजी २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको थियो, जुन २०७९ मा २० करोड रुपैयाँ बनाइएको हो। नयाँ ब्रोकरलाई २० करोडदेखि डेढ अर्बसम्म पुँजी तोकिएको छ।

    बोर्डमा कार्ययोजना पेश गरेका ब्रोकर कम्पनीहरू जस्तै कुमारी सेक्युरिटीज, अरुण सेक्युरिटीज, मार्केट सेक्युरिटीज, जेएफ सेक्युरिटीज र अन्य कम्पनीहरूले पुँजी जुटाउनका लागि मर्जर, बोनश र राइट शेयर वितरणको योजना पेश गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij