Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

आज नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने आन्तिम दिन

आज नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने आन्तिम दिन

  • काठमाडौं।नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिनको लागि आज, चैत १४ गते बिहीबार अन्तिम अवसर हो। लगानीकर्ताले आज दिनभर कार्यालय समय भित्र आवेदन दिन सक्नेछन्। कम्पनीले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री प्रक्रिया सुरु गरेको थियो। यसमा ४:१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर जारी गरिएको छ, जसको कुल मूल्य १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ हुन्छ।

    हकप्रद सेयरको बुक क्लोज माघ १८ गतेमा सम्पन्न भएको थियो, जसका कारण उक्त मितिसम्म कायम रहेका लगानीकर्ताले मात्रै सेयर दाबी गर्न सक्नेछन्। यस हकप्रद सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटलले गरेको हो, र आवेदन दिने स्थानका रूपमा नक्साल, काठमाडौंस्थित सानिमा क्यापिटल र नेको इन्सुरेन्सका तोकिएका शाखा कार्यालयहरू रहेका छन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक र वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत पनि आवेदन गर्न सकिन्छ।

    अहिले नेको इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ, र हकप्रद सेयर बिक्रीपछि यसका चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij