Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

अर्थ मन्त्रालयले आगामी बजेट निर्माणका लागि १६ मन्त्रालयसँग छलफल सम्पन्न, नीतिगत सिफ्टमा जोड

अर्थ मन्त्रालयले आगामी बजेट निर्माणका लागि १६ मन्त्रालयसँग छलफल सम्पन्न, नीतिगत सिफ्टमा जोड

  •  

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया अघि बढाउँदै अर्थ मन्त्रालयले १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ। आज बिहीबार संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयसँग छलफल गरियो। यस छलफलका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा बढी नीतिगत सिफ्टमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

    उनले संघीयता र तीन तहका सरकारबीचको समन्वय र साझेदारीलाई महत्वपूर्ण मान्दै संघमा रहेका कार्यक्रम र आयोजनाहरुको प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने पक्षमा ध्यान दिन आग्रह गरेका छन्।

    अर्थमन्त्री पौडेलले विगतका योजनाहरूको समीक्षा गर्दै आगामी योजनामा केन्द्रित हुने, अत्यावश्यक कार्यक्रमलाई निरन्तरता दिने, र परिवर्तित परिस्थितिका आधारमा स्मार्ट कार्यक्रम र योजनाहरू समावेश गर्न पनि आग्रह गरेका छन्।

    यसै गरी, उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना समावेश नगर्न र योजनाहरू यथार्थपरक र प्रभावकारी बनाउन आवश्यक कदम चाल्न पनि सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।

    अर्थ मन्त्रालयले यस अघि भौतिक, शहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, संघीय मामिला, उद्योग, स्वास्थ्य, उर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल सम्पन्न गरिसकेको छ। आगामी दिनमा अन्य मन्त्रालयहरूसँग पनि छलफल गर्ने योजना बनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij