Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माण तत्काल रोक्न अन्तरिम आदेश

सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माण तत्काल रोक्न अन्तरिम आदेश

  • काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश  जारी गरेको छ ।याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरी सर्वोच्च अदालतले यस्तो अन्तरिम आदेश दिएको हो ।

    अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न सर्वोच्चले भनेको छ । गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले चैत २६ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको छ ।

    निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने भनी  न्यायाधीश सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षलाई झिकाउन आदेश दिएको  हो ।यामबहादुर लिम्बु लगायतले पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij