Logo

Jul 30 2025 | २०८२, साउन १४गते

Jul 30 2025 | २०८२, साउन १४गते

images

कुमारी बैंक लिमिटेडले १ हजार ४३७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गर्यो

कुमारी बैंक लिमिटेडले १ हजार ४३७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गर्यो

  •  

    काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ४३७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ। कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री गर्दा वितरण नभएको यी शेयर अब अन्य व्यक्ति र संस्थामा विक्री गर्न लागेको हो।

    इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ। यी शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij