Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको संकट: दिल्ली र लाहोरपछि दोस्रो स्थानमा

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको संकट: दिल्ली र लाहोरपछि दोस्रो स्थानमा

  • काठमाडौँ।काठमाडौँ उपत्यकामा आज पनि वायु प्रदूषणको स्तर उच्च रहेको छ। आइतबार बिहान सबा ६ बजेको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मापन अनुसार, काठमाडौँ उपत्यका विश्वमा दोस्रो स्थानमा छ।

    यस समयमा, भारतको राजधानी दिल्ली वायु प्रदूषणको दृष्टिले विश्वका पहिलो स्थानमा, जबकि पाकिस्तानको लाहोर तेस्रो स्थानमा छ। काठमाडौँको एक्यूआई २०४ छ, जबकि दिल्लीको एक्यूआई २४९ र लाहोरको २०२ छ।

    शुक्रबार र शनिबार हावा चल्नाले प्रदूषणमा केही सुधार आएको भए पनि जोखिम भने कम भएको छैन। चिकित्सकहरूको अनुसार, काठमाडौँको वायु अहिले मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको छ।

    विज्ञहरूले भनेका छन् कि पानीको अभाव र आसपासका जंगलमा लागेको डढेलोका धुँवाले काठमाडौँको वायु प्रदूषणको स्तरलाई बढाएको छ। यसै कारण, स्वास्थ्य मन्त्रालयले नागरिकलाई सचेत रहन आग्रह गर्दै, साँझ र बिहानको समयमा घर बाहिर ननिस्कन सल्लाह दिएको छ।

    विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, एक्यूआई ३५ भन्दा कम स्वास्थ्यका लागि उपयुक्त मानिन्छ, जबकि ५० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ। एक्यूआई ५० भन्दा बढी भने स्वास्थ्यको लागि हानिकारक हुन्छ, र १०० भन्दा माथि श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्न सक्छ।

    काठमाडौँ उपत्यकाका लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजनामा उल्लेख छ कि एक्यूआई ३०० भन्दा बढीको स्थिति विपद्को रूपमा लिइन्छ, र यसले काठमाडौँमा स्वास्थ्य संकट निम्त्याउने सम्भावना थप गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij