Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

बैरो संघको सचिवमा इश्वर सापकोटाद्वारा स्वतन्त्र उम्मेद्धवारी घोषणा

बैरो संघको सचिवमा इश्वर सापकोटाद्वारा स्वतन्त्र उम्मेद्धवारी घोषणा

  • काठमाडौ,वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका अक्सन इन्टरनेशनल प्रा।लि। का अध्यक्ष सफल ब्यावसायी इश्वर सापकोटाले आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे निर्वाचनमा सचिव पदमा स्वतन्त्र उम्मेद्धवारी घोषणा गरेका छन ।

    संघको नेतृत्वका लागि सफल व्यवसायी सापकोटाले व्यवसायीक हकहितमा काम गर्नका लागि स्वतन्त्र रुपमा सचिव पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।
    संघको नेतृत्वमा जानेहरुले ब्यावसायिक हकहितमा कार्य नगरेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै सचिव पदमा उम्मेद्धवारी दिएको उनले बताए । वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि अघि बढेको समेत सापकोटाले बताए ।
    व्यवसायीहरु मध्येबाट स्वतन्त्र छविका रुपमा परिचित सापकोटाकोे उम्मेद्धवारी घोषणासँगै स्वतन्त्र रुपमा लागेका व्यवसायी तथा अहिले नेतृत्वका लागि भएको तालमेलप्रति चित्त नबुझाएका व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।
    सापकोटाले संघको नेतृत्वमा आएपछि वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्ने, नयाँ आकर्षक गन्तव्यको खोजीमा लाग्ने, जापानमा रोजगार मेला आयोजना गर्ने, संस्थागत वैदेशिक रोजगारलाई बढुवा दिने र स्वतन्त्र रुपमा व्यवसाय गर्नेहरुलाई उच्च सम्मानका साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । व्यवसायी सापकोटाले विगत १७ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा लागेर नेपाली श्रमिकहरुलाई सुरक्षित गन्तव्यमा पठाइरहेका छन् ।

    निःशुल्क जापानिज भाषा सिकाएर हालसम्म करिब २ हजार नेपालीलाई जापान पठाइसकेका सापकोटा अक्सन इन्टरनेशनल प्रा।लि। का अध्यक्ष हुन ।
    मेनपावर व्यवसायीहरुको आफ्नै प्रशासनिक भवन हुनुपर्छ भन्ने मान्यता राख्ने सापकोटाले भवन खरिदका लागि अधिकतम आर्थिक सहयोग समेत गरेका थिए । सापकोटालाई बिजयी गराउन अहिले स्वतन्त्र ब्याबसायीहरु लागेका छन । हालसम्म सचिवमा सापकोटासङ्गै अनिल बोगटी र कुन्छा दोर्जे डिमदोङ्गले उम्मेदवारी दिएका छन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij