Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

  • काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारीहरुसहित मन्त्रालयका विभागीय प्रमुखहरुलाई असल व्यवहारका साथ सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

     

    आज बसेको ‘भर्चुअल’ बैठकमा मन्त्री लेखकले सेवा प्रवाहसँग असल व्यवहार, बानी र वचन जोडिएको बताउनुभयो । “सेवा प्रवाहको विषय असल वचनसँग जोडिएको हुन्छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन ।” उहाँले सीमित स्रोतसाधन, जनशक्ति र भौतिक पूर्वाधार अभावकाबीच काम गर्नुपरेको बताउनुभयो ।

     

    “सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुहोला”, उहाँले भन्नुभयो, “अरुको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो ।” कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उहाँले सेवा प्रवाह सुधारका साथै हेल्पडेस्क र टोकन प्रणाली कार्यान्वयनमा जोड दिनुभयो ।

     

    बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, विभिन्न विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफ्ना धारणा राख्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij