
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.९७ किलोग्राम गाँजा सहित एक जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्ने व्यक्ति भारतबाट आएका २७ वर्षीय पुरुष भएको पहिचान गरिएको छ।
सुरक्षा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति थाई एयरको उडानबाट नेपाल आइपुगेका भारतीय नागरिकलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो।
आगमनमा सामान जाँच गर्दा उक्त तस्करी फेला परेको थियो। मुद्दाको थप अनुसन्धानका लागि उनलाई लागूऔषध ब्यूरो कोटेश्वर पठाइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij