Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

सुनको भाउले तोड्यो नयाँ रेकर्ड , प्रतितोला १ लाख ८७ हजार रुपैयाँ

सुनको भाउले तोड्यो नयाँ रेकर्ड , प्रतितोला १ लाख ८७ हजार रुपैयाँ

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेर ऐतिहासिक रुपमा १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यसअघि चैत ३१ गते आइतबार पनि सुनको मूल्य १ हजार रुपैयाँले वृद्धि भई यति नै मूल्यमा पुगेको थियो। तर, मंगलबार भने सुनको मूल्य १,७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा झरेको थियो। बजारमा सुनको मूल्यमा यति छिटो घटबढ हुनुले व्यवसायी तथा उपभोक्ता दुवैको ध्यान तानेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij