Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

देशभर मौसममा परिवर्तन : मेघगर्जन, चट्याङ्ग र वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने

देशभर मौसममा परिवर्तन : मेघगर्जन, चट्याङ्ग र वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने

  • काठमाडौं । हाल देशमा सक्रिय पश्चिमी वायु र स्थानीय वायुले मौसममा प्रभाव पारिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू(भागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको छ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेष गरी पहाडी भू(भागका केही स्थानहरूमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

    रातको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भू(भागमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली भेगहरूमा हिमपातको सम्भावना कायमै रहेको छ।

    यस प्रकारको मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले सबैमा अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij