Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

गुराँस लघुवित्तको खुद नाफा २०.६२ प्रतिशत बढ्यो

गुराँस लघुवित्तको खुद नाफा २०.६२ प्रतिशत बढ्यो

  • काठमाडौं ।गुराँस लघुवित्त वित्तीय संस्थाले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा २०.६२ प्रतिशतले धेरै हो । 
    यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ५६.६६ प्रतिशतले बढेर ८ करोड ९२ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको देखिन्छ । यता, सञ्चालन नाफा पनि ३९.५४ प्रतिशतले बढेको छ । 

    हाल यसको चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने यस संस्थाको जगेडा कोषमा ५ करोड ३५ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ३१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४६.२६ रुपैयाँ छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij