Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासमा ५१.४ करोड खुद नाफा, लाभांश वितरण क्षमता १०.५९%

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासमा ५१.४ करोड खुद नाफा, लाभांश वितरण क्षमता १०.५९%

  • काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ५१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिमा कमाएको ५१ करोड ४६ लाख नाफाको तुलनामा ०.१३ प्रतिशत कम हो।

    बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। ब्याज आम्दानी बढे पनि इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा बढ्दा नाफामा खासै वृद्धि देखिएको छैन। इम्पेयरमेन्ट चार्ज ३७ करोड १८ लाखबाट बढेर ६७ करोड ६९ लाख पुगेको छ।

    बैंकको चुक्ता पुँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ९४ करोड रुपैयाँ जम्मा भएको छ।

    बैंकको प्रति सेयर आम्दानी ९भ्एक्० १४।०६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४७.७८ रुपैयाँ पुगेको छ।

    लाभांश वितरण क्षमता ३८ करोड ७१ लाख रुपैयाँ रहेको बैंकले हालको आधारमा १०.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij