Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

एभरेष्ट बैंकको नाफा ३४% बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब ६७ करोड नाघ्यो

एभरेष्ट बैंकको नाफा ३४% बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब ६७ करोड नाघ्यो

  •  

    काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३२.५ प्रतिशतले बढी हो। गत वर्ष बैंकले २ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको थियो। यस वर्ष कम्पनीको वितरणयोग्य नाफा पनि ३४ प्रतिशतले वृद्धि भई ३ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढी पुगेको छ, जुन गत वर्ष २ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।

    बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म २ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा  शून्य दशमलव ७० प्रतिशतबाट घटेर शून्य दशमलव ६४ प्रतिशतमा पुगेको छ, जसले बैंकको जोखिम व्यवस्थापनमा सुधार दर्शाउँछ।

    बैंकको प्रतिशेयर आम्दानी  ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा कायम भएको छ, जसले बैंकको वित्तीय आधारलाई अझ सबल बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij