Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

विदेशमा रहेका नेपालीका लागि ट्रेड टावरको ३ लाख ९७ हजार कित्ता आइपीओ, आवेदनको म्याद वैशाख २२ सम्म

विदेशमा रहेका नेपालीका लागि ट्रेड टावरको ३ लाख ९७ हजार कित्ता आइपीओ, आवेदनको म्याद वैशाख २२ सम्म

  • काठमाडौँ। ट्रेड टावर लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी प्राथमिक सेयर (आइपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ। कम्पनीले आफ्नो कुल जारी पुँजीको ४८.६९६ प्रतिशत हिस्सा बराबरको सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ।

    यस अनुसार, कम्पनीले प्रतिकित्ता रू १०० अंकित मूल्यमा कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सार्वजनिक गर्नेछ। पहिलो चरणमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर अर्थात् रू ३ करोड ९७ लाख १६ हजार ९३० बराबरको सेयर निष्कासन गरिएको छ।

    आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २२ गतेसम्म कायम रहनेछ। आइपीओमा लगानी गर्न चाहनेहरूले सी–आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।

    यस सेयर निष्कासनको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीको वित्तीय अवस्था र जोखिम मूल्याङ्कनका आधारमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले “इक्रा एनपी डबल बी माइनस” रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ माघ ७, २०८२ सम्म वैध हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij